गोरखा । लागु औषध सहित गोरखामा एक युवक पक्राउ परेका छन। आइतबार गोरखाकाे बसपार्कबाट लागु पदार्थसहित नबिन नेपालीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
शंकास्पद गतिविधीका कारण नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध भेटिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।
उनको साथबाट डाईजेपाम ३८, नुफिन ३७ थान, फेनरागन ३५ थान बरामद गरिएको उनले बताएका छन् ।
आईतवार पक्राउ परेका नेपालीलाई सोमवार जिल्ला अदालतबाट २० दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनलाई लागु औषध शिर्षकमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अघि बढाइएकाे बताइएकाे छ ।