• मंगलबार, साउन १२ २०८३

सोमबार थप ६ सय ५९ मा कोरोना पुष्टि, ७ को मृत्यु


सोमबार, पुष १३ २०७७
810
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २ सय ५२ जना महिला गरी ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ सय १८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय २७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार