• मंगलबार, साउन १९ २०८३

चक्कु प्रहार गरी श्रीमानको हत्या, एक महिला पक्राउ


सोमबार, पुष १३ २०७७
855
Shares

काठमाडौं । श्रीमानको हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ परेकी छिन् ।

रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका—८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् ।

डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी थिइन् ।

डल्लीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार