गोरखा । गोरखामा पुस १६ गते ४५ औँ राष्ट्रिय मेलमिलाप दिबसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
हरमटारी चोक स्थित रेडक्रस भबन अगाडी पुस १६ गते बिहान ८ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली कांग्रेसका खेलकुद बिभाग प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आथित्यता र खेलकुद बिभागका केन्द्रिय सदस्य सिपी पोखरेलको संयोजकत्वमा शिविर हुन लागेको हो ।