गोरखा । आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्थित स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । समाजले आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स सहयोग स्वरुप प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरणर गरिएको हो । गाउँमै एम्बुलेन्स भएपछि सेवा सुविधाका लागि सहज हुने भन्दै सर्वसाधारण खुसी भएका छन् ।
समाज काठमाण्डौँका अध्यक्ष राजेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अथिति गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत एकदेव खनाल, वडा नम्बर ८ का अध्यक्ष मुरारी खनाल, ७ का अध्यक्ष रणबहादुर बराम लगायतले आरुपोखरीबासीलाई सहज सेवा लिन एम्बुलेन्सले मद्धत पुग्ने बताए ।
एम्बुलेन्सले उक्त वडाभित्र मात्र नभई समग्र आरुघाट गाउँपालिकाका जनतालाई सेवा दिन सक्ने गाउँपालिका अध्यक्ष दाहालले बताए ।