• सोमबार, असोज १९ २०८३

भारतमा पहिलो चालकरहित रेल सेवा सुरु, प्रधानमन्त्री मोदीले गरे उद्घाटन


सोमबार, पुष १३ २०७७
690
Shares

काठमाडौं । भारतमा पहिलो चालकरहित रेल सेवा सुरु भएको छ।

सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेट्रोको मेजेन्ट लाइनमा भारतको पहिलो चालकरहित रेल सेवाको उद्घाटन गरेका हुन्।

यस्तै सन् २०२१ भित्रै भारतले बिहारमा पनि चालकरहित रेल सेवा सुरुवात गर्ने बीबीसीहिन्दीले जनाएको छ।

मोदीले रेल सेवाको उद्घाटन गर्दै भारत प्रविधिको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको बताए।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि चालकरहित रेल सेवा सुरु भएसँगै दिल्लीबासीलाई बधाई दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार