• मंगलबार, साउन १९ २०८३

शताब्दी खेलाडीको अवार्ड रोनाल्डोलाई


सोमबार, पुष १३ २०७७
670
Shares

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई शताब्दीको खेलाडीको अवार्ड प्रदान गरिएको छ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई शताब्दीको प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ।

दुबईको ग्लोब सोकर अवार्डले शताब्दीको खेलाडी र प्रशिक्षकलाई अवार्ड दिएको हो।

रोनाल्डोले अवार्डको मनोनयनमा परेका लिओनल मेसी, मोहमद सलाह र रोनाल्डिन्होलाई पछि पारेका हुन्।

यसैगरी ग्वार्डिओलाले एलेक्स फर्ग्युसन, जोसे माउरिन्हो र जिनेदिन जिदानलाई उछिने।

यता वर्ष खेलाडीको अवार्ड जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले हात पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार