• मंगलबार, साउन १९ २०८३

अज्ञात समूहद्वारा मोटरसाइकल र टौवामा आगजनी


सोमबार, पुष १३ २०७७
895
Shares

लमजुङ । अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका–२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ ।

बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पु¥याएको जानकारी दिए ।

मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफलको भएको बताइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार