• मंगलबार, साउन १९ २०८३

एक साताका लागि मनकामना केबुलकार बन्द हुने


सोमबार, पुष १३ २०७७
695
Shares

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि सात दिन केबुलकार बन्द गर्न लागिएको हो।

यही पुस १४ गतेदेखि पुस २० गतेसम्म केबुलकार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो। सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजन केबुलकारमा यात्रा गरेका थिए। आजभोली मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको शेरचनले बताए।

कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिका अनुसार सेवा बन्द गरी मर्मत गर्न लागिएको हो। नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले बताए। सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको उनको भनाई छ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार ९बटम स्टेशन० भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा छ।

सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार