http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ७०० रुपैयाँको दरले वद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार३ सय १५ रुपैयाँमा कारोबार भएको हो ।