• मंगलबार, साउन १२ २०८३

निरोगी रहने र आयु लम्ब्याउने यी हुन् सजिला ४ सूत्र


सोमबार, पुष १३ २०७७
615
Shares


विश्वका वैज्ञानिकले स्वस्थ रहने र आयु लामो बनाउने सम्बन्धमा अनुसन्धान गरेका छन्। जसले आफूलाई स्वस्थ राख्ने हो भने केही कुरामा ध्यान दिनुपर्ने देखाएका छन्।

ती यसप्रकार छन् :

१. ग्रिनटी पिउनुस्, आयु लम्ब्याउनुस्
बीएमजे ओपन डाइबिटिज रिसर्च एन्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार जसलाई डाइबिटिज ९मधुमेह० छ, उसले कफी व ग्रिनटी पिउने हो भने केही समय आयु बढाउन सकिन्छ।

यो अनुसन्धान ५ हजार जनामा ५ वर्षसम्म गरिएको थियो। यस क्रममा मधुमेह भएकालाई मात्र होइन, नभएकालाई समेत ग्रिनटी र कफीले फाइदा पुर्‍याएको पाइयो। कफी एवं ग्रिनटीमा धेरै यस्ता प्लान्ट(कम्पाउन्ड हुन्छ जसमा हुने एन्टी-इम्फ्लामेट्री र एन्टी-अक्सिडेन्ट गुणले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।

२. दौडिनुस्, धेरै रोगबाट बच्नुस्
विश्व स्वास्थ्य संगठन ले हप्तामा कम्तीमा ७५ मिनेट तीव्र गतिमा दौडिनु वा साइक्लिङ गर्नु वा स्विमिङजस्ता एरोबिक्स एक्सरसाइज गर्न भनेको छ। धेरै मानिस दैनिक ३५ मिनेट वाक वा जगिङ गर्छन्।

गत वर्ष ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनले पनि दैनिक दौडिन सल्लाह दिएको छ। चाहे थोरै दूरी किन नहोस्। थोरै भए पनि नियमित दौडिने बानीले कुनै पनि रोगका कारण हुने मृत्युको खतरालाई कम गरिदिन्छ।

३. दैनिक थोरै ड्राइफ्रुट (सुक्खा फलफूल) लिनुस्
अक्सफोर्डको इन्टरनेसनल जर्नल अफ इपिडिमियोलजीमा सन् २०१५ मा प्रकाशित अनुसन्धान प्रतिवेदनमा दैनिक बदाम, ओखर, पिस्ताजस्ता फलफूल खाने गर्दा मृत्युको जोखिम कम हुन्छ।

यस्ता खानेकुरालेसबैभन्दा बढी फाइदा मुटुलाई हुन्छ भन्ने मान्यता छ, तर अनुसन्धानले यस्ता फलफूलले क्यान्सर, स्ट्रोक, श्वाससम्बन्धी समस्या, मस्तिष्क रोग आदिबाट पनि बचाउँछन्।

४. खानामा सागसब्जीको मात्रा बढाउनुस्
जर्नल अफ द अमेरिकन हर्ट एसोसिएसनमा गत वर्ष प्रकाशित अनुसन्धान प्रतिवेदनमा सागसब्जीलाई खानमा समावेश गर्दा मुटुसम्बन्धी रोगबाट हुने मृत्युको खतरा ३२ प्रतिशतसम्म कम गराउँछ।

हार्वर्ड मेडिकल स्कुलका क्याथरिन डी म्याकमनसले भनेका छन्, ‘प्लान्टमा आधारित खानेकुराको अर्थ केवल फल र सब्जी मात्र होइन, यसमा सुक्खा फलफूल, विभिन्न बीउका तेल, सम्पूर्ण अन्न, सिमी पनि पर्छन्।’ एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार