गोरखा । केही दिन यता शान्त रहेको जिल्लामा आइतबार १० जना कोरोना संक्रमित भएका छन् । गोरखामा १० सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित भएकाहरु जिल्लाको सिरानचोक र गण्डकी गाउँपालिका र गोरखा नगरपालिकाका १० जना रहेका छन् । सिरानचोक गाउँपालिका २ का ४५ बर्षीय पुरुष, गण्डकी गाउँपालिकाकी २२ बर्षिय महिला र ४५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार गोरखा नगरपालिकाको ५ वटा वडामा ७ जनामा संक्रमित भएका छन् । जसमध्ये वडा नम्बर १ मा २७ बर्षका पुरुष, ३ मा ५१ बर्षका पुरुष र ५ मा २४ बर्षका पुरुष रहेका छन् ।
त्यसैगरी गोरखा नगरपालिका ६ मा एका घरमा ३ जनामा कोरोना देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । जसमा ४० र ७७ बर्षिया महिला र १८ बर्षका बालक रहेका छन् ।
वडा नम्बर ७ मा पनि ४४ बर्षका पुरुषमा संक्रमण देखिएको शाखाले जनाएको छ । शनिबार र आइतबार गण्डकीका ५०५ जनामा गरीएको परीक्षण मध्ये थप १२२ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।