नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ९३ रहेको छ।
पछिल्ले २४ घण्टामा ३ हजार ८ सय २८ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा अहिलेसम्म कोरोना निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको निधन भएको छ।
योसँगै कोरोनका कारण निधन हुनेको संख्या १ हजार ८ सय २५ पुगेको छ।