• आइतबार, असोज १८ २०८३

स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ


आइतबार, पुष १२ २०७७
800
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं ।स्रोत नखुलेको नेपाली १२ लाखसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका—४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६/६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार