• मंगलबार, असोज २० २०८३

कोरोनाले रोकियो रणवीर कपुर—आलिया भट्टको बिहे


आइतबार, पुष १२ २०७७
595
Shares


काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरले कोरोना महामारीका कारण नायिका आलिया भट्टसँग आफ्नो विवाह रोकिएको बताएका छन्।

अभिनेत्री आलिया आफ्नी प्रेमिका भएको कुरा पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गर्दै उनले कोरोना महामारी नभएको भए यतिबेलासम्म विवाह भइसक्ने खुलासा गरेका हुन्।

एक अन्तर्वार्तामा रणवीरले भनेका छन्, ‘महामारीले हाम्रो जीवनमा हमला नगरेको भए हाम्रो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई दुर्भाग्य भन्न चाहन्नँ। म चाँडै आफ्नो यो लक्ष्य पूरा गर्नेछु।’

यस क्रममा उनले यो वर्ष ९सन् २०२०० आफ्ना लागि निकै कठिन भएको पनि बताए। गत अप्रिल ३० तारिख उनका पिता ऋषि कपुरको निधन भएको थियो। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार