• मंगलबार, साउन १२ २०८३

कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै


आइतबार, पुष १२ २०७७
905
Shares

काठमाडौं । केही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ ।

बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ ।

नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड—१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार