• मंगलबार, साउन १९ २०८३

ट्रकको ठक्करबाट पैदलयात्री दुई युवाको घटनास्थलमै मृत्यु


आइतबार, पुष १२ २०७७
745
Shares

गुल्मीको रेसुंगामा ट्रकको ठक्करबाट दुई जना युवाको मृत्यु भएको छ।

रेसुंगा नगरपालिका १३ मसिनेखोलमा ना ५ ख ३२०४ नम्बरको ट्रकले ठक्कर दिँदा २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुंगाबाट तम्घास जाँदै गरेको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।

दुर्घटनापछि ठक्कर दिने ट्रक र त्यसका चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार