• मंगलबार, साउन १९ २०८३

पति विदेशमा भएकाे माैका छाेपेर पत्नी परपुरुषसँग बेपत्ता


शुक्रबार, पुष १० २०७७
665
Shares

तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग बेपत्ता भएकी छन्।

पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। हराएकी महिला खोज्न प्रहरी सक्रिय रहेकै अवस्थामा दुई दिनपछि पुनः उनै व्यक्तिले बेपत्ता बुहारीकी तीन वर्षीया छोरी पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

‘पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ। तर, उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन,’ उनले भने।

पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

‘ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ’, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भने, ‘प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार