• मंगलबार, साउन १९ २०८३

आज पालुङटार र सुलिकोटमा सार्वजानिक विदा


शुक्रबार, पुष १० २०७७
515
Shares

गोरखा । क्रिसमसको अवसरमा आज पालुङटार नगरपालिका र बारपाक सुलिकोटमा सार्वजानिक विदा हुने भएको छ । इसाई धर्मावलम्बीहरुको महान पर्वका अवसरमा दुई पालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको जनाएको हो ।

पालुङटार नगरपालिकाले बिहिबार एक सूचना प्रकाशन गरि शुक्रबार क्रिसमसको अबसरमा पारेर सार्वजनिक बिदाको निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कडेंलले बताए । त्यस्तै नगरपालिकाले आगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा समेत सार्वजनिक बिदाको निर्णय गरेको जनाएको छ । दुवै दिन नगरपालिका भित्र सवै प्रकारका सरकारी संघसंस्था तथा शिक्षणसस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले समेत सूचना प्रकाशन गरि गुरुङ समुदायको ल्होसार पर्व तथा इसाई धर्मालम्बीको पर्व क्रिसमसको दिन पालिका भित्रका सवै सरकारी संघसंस्था तथा शिक्षण संस्थाहरु बन्द रहने जनाएको हो । गाउँपालिकाका छैटौ अधिकृत संजय सुवेदीद्धारा हस्तारिक्षत सार्वजनिक सूचनामा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । यता गोरखा नगरपालिकाले समेत क्रिसमसकै अवसरमा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय भएको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार