काठमाडौं । गण्डकी प्रदेश थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका—५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका—१ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।
डा. शर्माका अनुसार तनहुँका संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना पुष्टि भएको थियो ।
स्याङजाका संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९० पुगेको छ ।