काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोनका कारण मृत्यु हुनको संख्या १ हजार ८०३ पुगेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ। यो कूल संक्रमितको ९६.३ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।
प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५९ पीसीआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ।