• मंगलबार, साउन १२ २०८३

बुधबार थप ७ सय ४३ जनामा कोरोना पुष्टि, ९ सय ५२ निको भए


बुधबार, पुष ८ २०७७
730
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप ७४३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै आज देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ५ सय ५९ जानको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ५ जना संक्रमितको निधन भएको छ। मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार