http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।
बुधबार प्रतितोला रु ९०० ले ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन मंगलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा बुधबार भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।
यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३ सय १५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला रु एक हजार २ सय ६५ मा कारोवार भएको छ ।