• आइतबार, भाद्र २१ २०८३

अन्टार्कटिकामा पनि देखियो कोरोना


बुधबार, पुष ८ २०७७
485
Shares

काठमाडौं । अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म यस महादेशमा कोरोनाको संक्रमण देखिएको थिएन।

तर अन्ततः अन्टार्कटिकामा पनि भाइरस देखिएको हो। यससँगै विश्वका सातै महादेशमा कोरोना भाइरस फैलिएको बीबीसीले जनाएको छ।

अन्टार्कटिकामा तैनाथ चिलीका सेनाका अनुसार ‘बर्नार्डो ओ’हिगिन्स रिसर्च स्टेसनमा खटिरहेका ३६ जनामा कोरोना देखिएको हो।

३६ जनामध्ये २६ सैनिक रहेको र १० जना मेन्टेनेन्स कर्मचारी रहेको बताइएको छ। यी सबैलाई अहिले चिलीमा बोलाइएको छ।

उक्त रिसर्च स्टेसनमा पुग्ने जहाजका ३ जनामा कोरोना देखिएपछि त्यहाँ सबैको कोरोना परीक्षण गरिएको थियो।

गत २७ नोभेम्बरमा ररहेन्तो आल्दिया नामको जहाज उक्त स्टेसनमा पुगेको थियो। १० डिसेम्बरमा मात्र जहाज फर्किएको थियो। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार