• मंगलबार, साउन १९ २०८३

अब अनलाइन प्रणालीबाटै पुनः श्रमस्वीकृति लिन सकिने, आजदेखि हुँदै छ यस्तो व्यवस्था


बुधबार, पुष ८ २०७७
690
Shares

वैदेशिक रोजगारीमा जाने श्रमिकले आजदेखि अनलाइन प्रणालीबाटै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन्।

बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयमा आउने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए।

‘अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास भइसकेको छ,’ दाहालले भने, ‘अब जुनसुकै देशबाट सहज रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने छ।’ अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था भएकाले अब म्याद सकियो भनेर श्रम स्वीकृतिका लागि मात्रै श्रमिकले नेपाल आउनुपर्ने बाध्यतासमेत हटेको उनले बताए।

अब वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाटै बुझाउन सक्नेछन्। महानिर्देशक दाहालका अनुसार यसका लागि विभागले तोकेका पेमेन्ट गेटवेमार्फत भुक्तानी गर्न सकिने छ।

विभागले विभिन्न बीमा कम्पनी र पेमेन्ट गेटवेसँग यसको सम्झौतासमेत गरिसकेको छ।

अब एकपटक श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकले पुनः श्रम स्वीकृति सम्बन्धित देशबाटै अनलाईन मार्फत गर्न सक्नेछन्। स्वदेश आएका श्रमिकले पनि पुनः श्रम स्वीकतिका लागि वैदेशिक रोजगार कार्यालय ताहचल धाउनु पर्दैन। अनलाइन प्रणालीमार्फत देशका जुनसुकै ठाउँबाट हुने दाहालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार