काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ।