• मंगलबार, साउन १९ २०८३

नगरपालिका कार्यालयमा प्रेसर कुकर बम फेला


मंगलबार, पुष ७ २०७७
700
Shares

सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज प्रेसर कुकर बम फेला परेको छ।

कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए।

अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार