• मंगलबार, साउन १९ २०८३

शिलान्यासको १४ महिनापछि सुरु भयो नागढुंगा सुरुङमार्ग खन्न


मंगलबार, पुष ७ २०७७
745
Shares

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । आयोजनाले मंगलबारदेखि काठमाडौंतर्फबाट सुरुङ खन्न सुरु गरेको आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

२.६६८ किलोमिटर लामो उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनीले निर्माणको जिम्मा पाएको छ । २२ अर्ब लागत अनुमान गरिएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण तथा सरकारको लगानी समेतमा बन्न लागेको हो ।

शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको हो । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

आयोजनाको शिलान्यास अघिल्लो वर्षको कात्तिकमै गरिए पनि प्राविधिक नआउँदा सुरुङ खन्ने काममा ढिलाई भएको थियो । पछि सुरुङमार्गस्थलको जग्गामा भएको विवादले यसमा थप ढिलाई भएको हो ।

यो आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ । सुरुङमार्ग बनेपछि काठमाडौं र नौबिसेको दूरी ८ किलोमिटर छोटिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार