• मंगलबार, साउन १९ २०८३

राष्ट्रिय खेलकुद परिषद्का खरिदार घुससहित पक्राउ


मंगलबार, पुष ७ २०७७
550
Shares

Modern metal handcuffs. Vector illustration in flat style

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास समिति सानोगौचरणमा कार्यरत खरिदारलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

खरिदार तिलकप्रसाद घिमिरेलाई १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

घिमिरेले क्लवको प्रमाणपत्र नवीकरण गर्नका लागी सेवाग्राहीसँग घुस मागेको सुराकको आधारमा आयोग टोलीले उनलाई पिछा गरेको थियो ।

उनलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीकाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार