तनहुँ । डुम्रे प्रहरीद्धारा साँढे २ महिनाको अवधिमा ३७ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँले साँढे २ महिनाको अवधिमा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रेहका ३७ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल बनेको हाे ।
फरार प्रतिवादिहरुलाई पक्राउ गर्ने अभियान चलाएको डुम्रे प्रहरीले आइतबार एकै दिन ८ जना फरार व्यक्ति पक्राउ गरेको छ।
आईतबार परेकाहरु मध्ये सवारी ज्यान मुद्धाको १ जना, सम्बन्ध विच्छेदको १ जना, बहुविबाह मुद्धाका १ जना, लुटपिट मुद्धाका ४ जना, र जालसाजी मुद्धाका १ जना रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुसाल सरुवा भई आएकाे भएको करिब साँढे २ महिनाको अवधिमा ३७ जना फरार प्रतिवादिहरुलाई पक्राउ गर्न सफल भएको बताइएकाे छ ।
३७ जना फरार प्रतिवादिहरुमा सवारी ज्यान मुद्धाका ९ जना, लागु औषधका ३ जना , ज्यान सम्बन्धि मुद्धाका ४ जना, जवरजस्ती करणी मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र अन्य मुद्धाका १९ जना पत्राउ गरिएको सहायक प्रहरी निरीक्षक दिनेश पौडेलले बताए ।
पक्राउ परेकाहरुबाट हुन आउने कैद ५ वर्ष १० दिन र जरिवाना २ लाख ४३ हजार ९४४ रुपैयाँ असुल र कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ ।