काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बढिगाड गाउँपालिका—१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका—३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका—९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान भरुवा बन्दुक फेला परेका हुन् ।
यसबारेमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहको छ ।