• मंगलबार, साउन १९ २०८३

संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ


सोमबार, पुष ६ २०७७
735
Shares

काठमाडौँ — संसद विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्‍याइएको छ ।

पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, नागरिक अगुवा कृष्ण पहाडी, मानवअधिकारकर्मी कृष्ण कँडेलसहित १६ जना छन् ।

उनीहरूले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै ‘संसद् विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास’ भएको जनाएका छन् ।

सरकारको उक्त कदमको सत्तारूढ नेकपा र अन्य राजनीतिक दलले पनि विरोध जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार