• मंगलबार, साउन १२ २०८३

आइतबार थप ५ सय ८८ जनामा कोरोना संक्रमण, १ हजार ९७ निको भए


आइतबार, पुष ५ २०७७
535
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय जनामा परीक्षण हुँदा ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । हालसम्म मृतक संख्या १ हजार ७ सय ८८ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार