• मंगलबार, साउन १९ २०८३

संसद विघटनको प्रभावले सेयर बजारमा पहिरो, झण्डै सय अंंकले घट्यो नेप्से


आइतबार, पुष ५ २०७७
575
Shares

काठमाडौं । संसद विघटन गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेसँगै शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ ।

आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ ।

आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ ।

उच्च गिरावट भए पनि आइतबारको बजारमा युनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघुवित्त, सनराईज फ्रष्ट म्युचल फण्ड, बेस्ट फाइनान्स र हिमालयन डिस्टिलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरे ।

सूर्योदय, नेरुडे र स्वलम्बन लघुवित्त, छ्याङ्दी र माथिल्लो तामाकोसी हाइड्रोपावरले लगानीकर्ताले भने बजारमा उच्च घाटा ब्याहोरे । सूर्योदय लघुवित्तको शेयरमा आइतबार नकारात्मक सर्किट ब्रेक लागेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार