• मंगलबार, साउन १९ २०८३

संसद विघटनको प्रभावले सेयर बजारमा तीव्र गिरावट


आइतबार, पुष ५ २०७७
760
Shares

commercial illustrator

काठमाडौं । संसद विघटन गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेसँगै शेयर बजारमा यसको नकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आइतबार खुलेको बजार परिसूचक राजनीतिक अस्थिरताको संकेतसँगै घटेको हो ।

विघटनको समाचार बाहिरिनुअघि प्रिओपनिङ सेसनमा १४ अंकले बढेको बजार नियमित कारोबार सुरु भएसँगै करिब ९० अंकले घटेको थियो । त्यसपछि बजार केही सुधार भए पनि फेरि परिसूचकले नकारात्मक बाटो समातेको हो । कारोबार सुरु भएको सवा दुई घण्टामा परिसूचक ५० विन्दु घटेर कारोबार भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कलहसँगै सरकारमा संकट देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । प्रधानमन्त्रीको यो कदमको चौतर्फी विरोध भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार