• मंगलबार, साउन १९ २०८३

सवा करोड लगानीमा युवाहरुले खोले गोरखामा ‘एकिकरण कृषि फार्म’


आइतबार, पुष ५ २०७७
955
Shares

गोरखा । बिभिन्न क्षेत्रमा कृयाशिल युवाहरुले गोरखामा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । गोरखा नगरपालिका ११ को तेह्रकिलो नजिकै २३ जना युवाहरु मिलेर एकिकरण कृषि फार्म खोलेका हुन । सामाजिक तथा ब्यवसायिक क्षेत्रमा कृयाशिल युवाहरुको १ करोड २५ लाख लगानीमा देशकै नमुना फार्म निर्माण गर्ने उदेश्यले कृषि फार्म सुरुवात गरिएको अध्यक्ष हरि देवकोटाले बताए ।

‘यो कृषि फार्म मात्रै होइन, अनुसन्धान केन्द्र पनि हो’ देवकोटाले भने ‘कृषि कर्म गर्न चाहानेहरुका लागि मोडेल पनि बनोस, रिसर्च गर्न मिल्ने सेन्टर पनि बनोस र आर्थिक रुपमा केहि आम्दानी पनि गर्न सकियोस भन्ने हाम्रो उदेश्य हो ।’

८७ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा उनिहरुले हाल एक सय वटा बाख्रा पालेका छन भने ४० घार मौरी, बिभिन्न जातका कुखुरा, बङ्गुर, माछा पालन लगायत तरकारी खेती समेत सुरु गरेका छन् । अघिल्लो बर्षको फागुनबाट फार्म सुरुवात गरिएपनि लगत्तै भएको लकडाउन र कोरोना भाइरसको प्रभावले फार्मलाई प्रभावित बनाएको अर्का लगानीकर्ता सिताराम श्रेष्ठले बताए । सवा करोड लगानीबाट फार्म सुरु गरिपनि तत्कालै साढे २ करोड लगानी पु¥याउने लक्ष्य रहेको उनले बताए ।

‘अहिले हामीले परिक्षणका लागि सानो भोलुममा सुरुवात गरेका हौ, अबको केहि महिनामै यसलाई साढे २ करोड लगानी पु¥याउछौ’ फार्मका जनसम्पर्क संयोजक समेत रहेका श्रेष्ठले भने ‘७ रोपनी जग्गा फार्मकै र बाँकी ८० रोपनी भाडामा लिएका छौ, यसलाई मोडल फार्मका रुपमा अघि बढाउदै देश, विदेशमा चिनाउन चाहान्छौ ।’ हाल फार्ममा ५ जनाले रोजगारी समेत पाएको बताइएको छ ।

फार्मकाे शुभारम्भ गर्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि लेखबहादुर थापा । तस्विर : सिभिलखबर

फार्मको शनिबार शुभारम्भ गरिएको छ । गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि लेखबहादुर थापाले फार्मको उद्घाटन गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि थापाले अब कृषि क्षेत्रलाई ब्यवसायिककरण गर्दै यूवाहरु उत्पादनमा लाग्नुपर्ने बताए । देशलाई आत्मनिर्भर, सम्मृद्ध बनाउन उत्पादनमुलक काममा लाग्नु पर्नेमा जोड दिदैँ मन्त्री थापाले कृषि क्षेत्रमा हुने बाहिरी आयात रोक्न सक्ने गरी सरकारले योजना ल्याएको बताएका छन् ।

‘हामी कृषिलाई व्यवसायीकरण गर्न लागि परेका छौँ, यसमा युवाहरुको साथ सहयोगको खाँचो छ’ उनले भने ‘काम गर्न चाहानेलाई चाहिएको सहयोग सरकारले दिन्छ ।’

सरकारले पशुंपालनमा नश्ल सुधारदेखि विभिन्न अनुदानका कार्यक्रम, बीमा सुविधा, १० हजारदेखि ५० हजार सम्म अनुदानका कार्यक्रम, दुग्ध ब्यवसायमा अनुदान लगायत कृषि जन्य उत्पादनमा बिभिन्न आकर्षक कार्यक्रमहरु कार्यान्वयन गरिरहेको थापाले बताए ।

साथै व्यवसायीक घाँस, बगैँचा निर्माण लगायतमा सहयोगका साथै गण्डकी प्रदेशमै दाना उत्पादनको कारखाना खोल्ने योजना सरकारले अघि सारेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार