गोरखा । जिल्लामा लैगिंक हिसांका घटना बढेर गएको भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरेका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले वर्षेनी प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाका बारेमा शुक्रबार छलफल गर्दै अधिकारकर्मीहरुले दुखः व्यक्त गरेका छन् ।
जिल्लामा बालबालिकाहरु बढि यौनजन्य हिंसाको शिकार भएको देखिन्छ । गत पुस यता हालसम्म ११ जना बालबालिका यौन हिसां भोग्न बाध्य भएको प्रहरीको तथ्याङ्क छ । प्रहरीमा परेका जवरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा १४ उजुरी मध्ये ११ जना बालबालिकाहरु रहनु बाल यौन हिंसा बढेर गएको सरोकारवालाको निष्कर्ष छ ।
यौन दुब्र्यवाहारका ६ वटा घटना भएको ३ वटा घटनाका पिडित बालिका रहेको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले जानकारी दिए । इन्सेकका अनुसार एक वर्षको अवधीमा नेपाल सरकारले प्रतिबन्ध लगाएको बिप्लव समुहका ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई शान्ति बिरुद्धको कसुरमा कारवाही गरिएको छ । कार्यक्रममा बोल्दै अधिकारकर्मी एवं सरोकारवाला संघसस्था र सरकारी निकायका प्रमुख प्रतिनिधिहरुले आपसी समन्वयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।