• मंगलबार, साउन १९ २०८३

आप्रवासी दिवशमा वैदेशिक रोजगारीमा देखिएका समस्याका बारे गोरखामा छलफल


आइतबार, पुष ५ २०७७
855
Shares

गोरखा । गोरखामा २१ औं अन्तराष्ट्रिय आप्रवासी दिवश मनाइएको छ । नेपाल सरकार र स्विच सरकारविच भएकाे दुइपक्षिय सम्झाैता अनुसार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे नीतिगत नेतृत्व, हेल्वेटास नेपालकाे प्राबिधिक सहयाेग एवं एकिकरण नेपालको समन्वयमा सञ्चालित सुरक्षित आप्रवास (सामी) परियोजना अन्तरगत दिवशका अवसरमा कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा सृजित समस्या र विकल्पहरुका बारे सरोकारवालाहरुविच छलफल भएको हो ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख गुरुङले आर्थिक अवस्था कमजोर भएका र शिक्षाको कमी रहेकाहरु सिप विना नै वैदेशिक रोजगारीमा जाँदा जोखिम धेरै भएको बताएका छन् । उनले सबै निकाय र तिनै तहका सरकार मिलेर विदेश जान चाहनेलाई सिपमुलक तालिमसँगै सचेतना प्रदान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै गोरखा नगरपालिकाका प्रमुख पन्तले स्थानीय तहले मात्रै विदेश जान चाहानेलाई रोक्न नसक्ने बताउदै संघ र प्रदेश सरकारले समेत वैदेशिक रोजागरीको विकल्प दिने कार्यक्रम र योजना ल्याउनुपर्ने बताए । उनले कोरोना भाइरसका कारण रोजगारी गुमाएर स्वदेश फर्केकाहरु समस्यामा परेको बताएका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले तिनै तहका सरकार मिलेर स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देबकोटाले गत असारबाट सुरु भएको सामी परियोजनाले सम्पन्न गरेका कार्यक्रम, कार्यप्रगती, चुनौती, समस्या र अवसरकाबारे प्रस्तुतीकरण गरेका थिए । परियोजना गोरखा नगरपालिकासहित पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामा सञ्चालनमा रहेको देवकोटाले बताए । गोरखामा चार स्थानीय तहसंगकाे साझेदारीमा सञ्चालित परियोजना अन्तरगत हालसम्म जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रबासी स्रोत केन्द्रबाट वैदेशिक रोजगारीमा जान चाहाने तथा राहदानी बनाउने ६ सय २७ जनालाई बिभिन्न किसिमका सचेतना, परामर्श तथा सुचना दिईएको कार्यक्रम संयोजक चन्द्र देवकोटाले बताए ।

त्यस्तै परियोजना लागु भएका चार वटा पालिकामा १६ वटा बित्तिय साक्षरता तथा मनोपरामर्श कक्षा संचालन सम्पन्न गरिएको छ । त्यस्तै २४ वटा ब्यक्तिगत मनोपरामर्श, १६ वटा समुह परामर्श, २ वटा विदेशबाट शव उद्दार, रिटर्नी परिचालन गरी ४ सय जनालाई सुचना प्रवाह, ६ सय जना बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलन र १ सय २१ ज्ना कोरोना संक्रमितहरुलाई मनोपरामर्श लगायतका कृयाकलाप सम्पन्न गरिएको संयोजक देवकोटाले जानकारी दिए । कार्यक्रममा प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, वडा अध्यक्षहरु, उपप्रमुखहरु, गैरसरकारी संस्था, नागरिक समाजका प्रतिनिधि लगायतले धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार