• मंगलबार, साउन १९ २०८३

लागुऔषधसहित युवक पक्राउ


शनिबार, पुष ४ २०७७
1.6K
Shares

लागुऔषधसहित तनहुँमा १ युवक पक्राउ परेका छन् । भानु नगरपालिका ६ मूलपानी बस्ने २२ वर्षे उमेश खड्का पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

चेकजाँच गर्ने क्रममा ३ थरी गरेर ६० एम्पुल लागुऔषधसहित उनी बन्दीपुर गाउँपालिका १ डुम्रे बसपार्कबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार खड्काको साथबाट डाइजापाम, नुरफिन र फेनारगन २०/२० एम्पुल बरामद भएको प्रदेश प्रहरीका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार