गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको १० औँ साधारण सभा पालुङ्गटारकाे लिगलिगकाेटमा गर्ने भएकाे छ । महासंघले आगामी पुस १७ र १८ गते हुने साधारणसभा लिगलिगकोटमा आयाेजना गर्ने भएकाे हाे ।
नगरपालिका १० बिरेनचोकमा होमस्टेमा शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले पालुङटार नगरपालिका वडा नम्बर २ को ऐतिहासिक लिगलिगकोट हाेम स्टेमा साधारण सभा गर्ने निर्णय गरेको अध्यक्ष किशोरजंग थापाले बताए ।
साधारण सभामा पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य सहितका केन्द्रिय पदाधिकारी आउने कार्यक्रम तय भएको उनले बताए ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ गोरखा शाखाले तुलसी पत्रकारीता पुरस्कार समेत बितरण गर्नेछ । गत वर्ष कोभिडको प्रभावका कारण पुरस्कार बितरण हुन नसकेकाले २०७६ र ७७ दुई वर्षको गरी दुई जनालाई पुरस्कार प्रदान गरिनेछ ।
साधारण साभाको अवसरमा पत्रकार महासंघमा यस अघि सदस्य रहेका तर अहिले क्रियाशिल नभएका ११ जनालाई सम्मान गर्ने निर्णय गरेको सचिव नरहरि सापकोटाले बताए ।
पालुङटार नगरपालिका र लिगलिगकोट होमस्टेको आतिथ्यतामा लिगलिगकोटको प्रचार प्रसार गर्ने उद्देश्यले साधारण सभा तय गरिएको उनले बताए ।