• मंगलबार, असोज २० २०८३

दिपक मनाङेकी श्रीमती धरौटीमा रिहा


शनिबार, पुष ४ २०७७
665
Shares

सांसद दीपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती ५० हजार रुपैयाँ धरौटीमा छुटेकी छन्। उनलाई जिल्ला अदालत कास्कीले शुक्रबार ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले माग गरेको धरौटी बुझाएर उनी शुक्रबार नै छुटिसकेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए। गण्डकी प्रदेश सांसद मनाङेकी श्रीमती दिक्छेन गत मंसिर १० गते चोरीको अभियोगमा पक्राउ परेकी थिइन्।

पछिल्लो समय मनाङेसँगको सम्बन्धमा खटपट रहेको बताइएको छ। दिक्छेन माइतीमै बस्दै आएकी थिइन्। प्रहरीले पक्राउ गर्दा समेत मकवानपुरस्थित माइतीमै थिइन्। उनलाई मकवानपुरमा पक्राउ गरेर कास्की लगिएको थियो।

बहुमुल्य धातुको मूर्ति चोरेको आरोप उनीमाथि छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार