काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा ३ सय ५ महिला र ४ सय ७७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा २ लाख ५२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ६१ हजार ४ सय ३० छ भने २४ घण्टामा ५ हजार ७ सय ६ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय २७ रहेको छ ।
त्यसेगरी पछिल्लो २४ घण्टामा १ हजार २९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४१ हजार ३ सय ९२ जना घर फर्किसकेका छन् ।
त्यसैगरी २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।