• मंगलबार, असोज २० २०८३

अध्यादेशविरुद्धको रिट आज सुनुवाई नहुने


शुक्रबार, पुष ३ २०७७
605
Shares

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने जनाएको छ।

मंसिर ३० गतेको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो गणपुरक संख्याको प्रावधान संशोधन गरेर सो अध्यादेश ल्याएका थिए।

तर, अध्यादेश नेपालको संविधानविरुद्धमा रहेको भन्दै त्यसलाई बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्चमा छुटाछुटै रिट दायर गरेका थिए।

प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानन्यायाधीश समेतलाई विपक्षी बनाइ दायर सो रिट हेर्दाहेर्दैमा परेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

सर्वोच्च स्रोतका अनुसार यो ममुद्दाको पेशी अदालतको ७ नम्बरमा मा परेको छ। सर्वोच्चमा अन्तिमतिर परेका रिट हेर्न नभ्याउदा हेर्दाहेर्दैमा पर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार