• सोमबार, साउन १८ २०८३

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ


शुक्रबार, पुष ३ २०७७
530
Shares

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक—पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका११ का ४० वर्षीय बाबुलाई आफ्नै छोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो। उनले केही समयदेखि छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप छ।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले जानकारी दिए।

पिडीत बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार