• मंगलबार, असोज २० २०८३

आजदेखि उपत्यकामा जोर-बिजोर प्रणाली हट्याे


शुक्रबार, पुष ३ २०७७
830
Shares

यसअघि काठमाडौं उपत्यकामा सवारीसाधनमा नम्बरका आधामार लागू गरिएको जोर-बिजोर नियम आज (शुक्रबार) देखि हटाइएको छ। अर्थात् अबदेखि सबै नम्बरका गाडी चलाउन पाइने भएको हाे।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसबारे बिहीबारै सूचना निकालेर जानकारी दिइसकेको छ।

जोर बिजोर नियम लागू गर्दा यात्रुवाहक गाडी कम भई यात्रुको भीड बढ्ने र कोरोना संक्रमणको जोखिम झन् बढ्ने देखिएको भन्दै तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले बिहीबार संयुक्त बैठक बसेर आजदेखि सबै सवारीसाधन सञ्चालन खुला गर्ने निर्णय गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारदेखि जोर-बिजाेर प्रणाली उल्लंघन गरेर सवारीसाधन चलाउने घोषणा यसअघि नै गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार