• मंगलबार, असोज २० २०८३

बंगलादेशबाट आउने भयाे ५० हजार मेट्रिकटन युरिया मल


शुक्रबार, पुष ३ २०७७
525
Shares

नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै अब जी–टु–जी अर्थात सरकार–सरकारबीच सम्झौता गरिएको आधारमा मलको आपूर्ति हुने बताएको छ।

कृषि मन्त्रालयले तीन महिनाभित्र मल नेपाल ल्याइसक्ने गरी समझदारी भएको जनाएको छ। अबको १० दिन भित्रमा बंगलादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउनेगरी काम भइरहेको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बांग्लादेशकी समकक्षीसँग मल आपूर्तिका लागि अनुरोध गर्दै टेलिफोन सम्पर्क गरेका थिए। १ असोजको मन्त्रिपरिषद्को बैठकले बांग्लादेशबाट रासायनिक मल ल्याउने निर्णय पनि गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार