• सोमबार, साउन १८ २०८३

गोरखामा श्रीमतीको खुर्पा प्रहारबाट श्रीमान गम्भीर घाइते


शुक्रबार, पुष ३ २०७७
885
Shares

गोरखा । गोरखामा एक महिलाले आफ्नै श्रीमानलाई खुर्पा प्रहार गरेकी छिन । गोरखा नगरपालिका १ ताप्लेकी ६७ वर्षीय थानकुमारी सिंखडाले बिहीबार ७८ वर्षका श्रीमान हरिप्रसाद सिंखडा माथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी थानकुमारीले सामान्य विवादका क्रममा बिहान ७ः३० बजे तिर श्रीमानलाई खुर्पाले शरिरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको, घाँटी तथा शरिरको धेरै भागमा चोट लागेका छ । उनको जिल्ला अस्पताल गोरखामा उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन पठाईएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

घाईतेको सघन उपचार कक्षमा राखेर उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । श्रीमान श्रीमती मात्र बस्ने घरमा सधै जसो झै झगडा हुने गरेको स्थानीयले बताएका छन् । थानकुमारी विगत देखि नै मानसिक सुन्तलन गुमाएकी ब्यक्ति रहेको उनीहरुको भनाई छ ।

आरोपी थानकुमारीलाई प्रहरीले थुनुवा कक्षमा समेत राख्न असजिलो भएको र जाहेरी पनि नपरेको भन्दै वडध्यक्ष र स्थानियको रोहबरमा घटना भएकै घरमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार