गोरखा । तनहुँको आँबुखैरेनीमा भेस्पा र अप्रिलियाको शोरुम खुलेको छ ।
निलभ अटो ट्रेडर्सले आँबुखैरेनीमा समेत शाखा विस्तार गर्दै भेस्पा र अप्रिलियाका स्कुटर बिक्रि खुला गरेको जनाएको छ ।
यसअघिदेखि नै गाेरखा बजारमा भेस्पा, अप्रिलियाका स्कुटर सहित रोयल इन्फिल्ड मोटरसाइकल समेत बिक्रि गर्दै आएको ट्रेडर्सले आज बिहिबारदेखि आँबुखैरेनीमा समेत शाखा विस्तार गरेको सञ्चालक निरञ्जन कट्टेलले बताए ।
आँबुखैरेनीकाे पेट्रोल पम्प नजिकै ट्रेडर्सले शाेरुम खाेलेकाे बताएकाे छ ।
भेस्पा र अप्रिलियाका स्कुटर उच्चस्तरीय इटालियन टेक्नोलोजीमा निर्मित रहेको बताउदै सञ्चालक कट्टेलले आकर्षक ग्राफिकमा इटालियनको उच्च प्रविधि र बनावट भएकाले युवा पुस्तामा निक्कै लोकप्रिय रहेको बताए ।
स्कुटर १२५ र १५० सिसि सहित बिभिन्न कलरमा उपलब्ध रहेको उनको भनाई छ ।
