काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ सय ८ महिला र ४ सय ६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७ सय २४ छ भने २४ घण्टामा ६ हजार ५ सय ८८ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ४४ रहेको छ ।
त्यसै गरी पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३ सय ६३ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।