• मंगलबार, साउन १२ २०८३

खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन : डब्लूएचओ


बिहिबार, पुष २ २०७७
555
Shares


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खोपले मात्र कोरोना माहामारी नियन्त्रणमा ल्याउन नसक्ने बताएको छ।

हाल अमेरिका, बेलायत, बहराइन, क्यानडा लगायतका देशमा कोरोनाविरद्धको खोप कार्यक्रम सुरुवात भइसकेका छन्।

डब्लूएचओले ती देशले अनुमति दिएका खोप प्रभावकारी भएको बताएको छ। सन् २०२१ भित्र विश्वभरका कोरोनाको जोखिममा रहेका मानिसमा खोपको पहुँच पुग्ने पनि डब्लूएचओको भनाइ छ।

यद्यपी डब्लूएचओका लागि पश्चिमी प्रशान्त स्वास्थ्य एजेन्सीको क्षेत्रीय निर्देशक डाक्टर ताकेसी कासेइ भन्छन्,‘खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन।’

उनका अनुसार विश्वभरका मानिसले खोप प्राप्त नगरिन्जेलसम्म मास्क लगाउने, धेरै भीडभाड नगर्नेजस्ता कोरोनाविरुद्धको उपाय नअपनाए कोरोना नियन्त्रणमा आउँदैन।

उनले तत्काललाई कोरोनाको जोखिममा रहेको मानिस पहिचान गरेर खोप प्रदान गरिनुपर्ने र कोरोनाविरुद्धको उपायलाई भने अबलम्ब गरिरहनुपर्ने धारणा राखेका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार